विर्तामोड । कनकाई नदीको बहाव खतराको लेबल पार गरेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस मार्फत सूचना पठाउन थालिएको छ। राति साँढे १ बजेको मापनमा नदीको बहाव खतराको नजिक पुगेको थियो।

इलामको मैनाचुली मापन केन्द्रको मापन अनुसार राति साँढे १ बजे नदीको बहाव ३.८८ एमएम रहेको छ। ३.८ नाघेपछि चेतावनी लेबल पार गरेको हुन्छ र त्यो खतरा नजिक हुन्छ।
खतराको तह पार गर्न ४.३ एमएम पार गर्नुपर्छ। अहिले करिब ३ बजे नदीले उक्त लेवल पार गरेको हो।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जिल्लाका सबै रेडक्रसकर्मीहरूलाई उद्धारको काममा लाग्न निर्देशन दिएका छन्।
ढकालका अनुसार नदीको बहावले खतराको लेवल पार गरेपछि नदी आसपासका क्षेत्रका गाउँमा पानी पस्छ। उनले भने, ‘अहिले हामी प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहितको टोली नदी आसपासका क्षेत्रमा जाँदैछौं।’







प्रतिक्रिया