Banner news

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा


झापा । सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो।

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।

शेयर गर्नुहोस :

0
Shares