Banner news

थप ४८४ जनामा कोरोना संक्रमण, निको हुने १६ हजार ७२८ पुगे

थप ४८४ जनामा कोरोना संक्रमण, निको हुने १६ हजार ७२८ पुगे


बिर्तामोड ।  पछिल्लो २४ घन्टामा नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ४३२ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ७२८ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शेयर गर्नुहोस :

0
Shares