Banner news

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १७ हजार २०१ पुग्यो

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १७ हजार २०१ पुग्यो


पछिल्लो २४ घन्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शेयर गर्नुहोस :

0
Shares