Banner news

थप ८८४ जनामा कोरोना पुष्टि, २०५५५ जना उपचारपछि घर फर्किए

थप ८८४ जनामा कोरोना पुष्टि, २०५५५ जना उपचारपछि घर फर्किए


बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यमध्ये झापाका २० जना छन् ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ ।

शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ५५५ उपचारपछि निको भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares