Banner news

बालिकासहित ११ जना कोरोना संक्रमितको मृत्यु

बालिकासहित ११ जना कोरोना संक्रमितको मृत्यु

(200410) — HARARE, April 10, 2020 (Xinhua) — A doctor works in a ward at Wilkins Hospital in Harare, Zimbabwe, April 9, 2020. Wilkins Hospital, which was upgraded on March 30, is Zimbabwe’s main COVID-19 isolation and treatment center. (Photo by Shaun Jusa/Xinhua)

पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यसमा महोत्तरीकी ४ वर्षीया बालिका समेत रहेकी छन्। यस्तै, महोत्तरीकै ३७ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ७० र ३५ वर्षका दुई पुरुषको मृत्यु भएको छ। 

यसैगरी, पर्साका ५३, ६० र ८० वर्षीय पुरुष, सिरहाका ६५ वर्षीय पुरुष, चितवनका ५२ वर्षी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मकवानपुरका ५८ वर्षीय पुरुषको पनि मृत्यु भएको गौमतले बताए। यसोसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ। 

शेयर गर्नुहोस :

0
Shares