Banner news

झापाका २८ सहित थप ९८० जनामा कोरोना संक्रमण

झापाका २८ सहित थप ९८० जनामा कोरोना संक्रमण


झापा । झापाका २८ जनासहित पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४६ हजार २५७ जना पुगेको छ ।

आइतबार काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप १८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २८ हजार ९४१ उपचारपछि निको भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares