Banner news

चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि भएपछि बिएण्डसी अस्पताल सिल

चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि भएपछि बिएण्डसी अस्पताल सिल


बिर्तामोड । बिर्तामोडस्थित बिएण्डसी अस्पताल सिल गरिएको छ । बिर्तामोड नगरपालिकाले अस्पतालभित्र रहेको स्पेशल मेडिकल वार्ड सिल गरेको जनाएको छ । चिकित्सक सहित १२ जनामा कोरोना पुष्टि भएपछि सिल गरिएको हो ।

नगरले मापदण्ड अनुसार संक्रमितको पहिलो संम्पर्कमा आएकाहरुको क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गर्ने , संक्रमितको परिवारलाई हामे क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गर्ने, अस्पतालका संक्रमित कर्मचारीहरुलाई अस्पतालकै आइसोलेशनमा राखेर उपचार व्यवस्था मिलाउने, अस्पतालको अत्यावश्यक स्वास्थ्य सेवा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको मापदण्डमा रहेर यथावत रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares