Banner news

झापाका १५ सहित थप ९७९ जनामा संक्रमण

झापाका १५ सहित थप ९७९ जनामा संक्रमण


बिर्तामोड । बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । झापाका १५ मध्ये १३ जना कनकाई, बाह्रदशी र बिर्तामोड १/१ जना रहेका छन् ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

आज ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ । यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।  यससँगै मृतकको संख्या ३०० पुगेको छ। 

शेयर गर्नुहोस :

0
Shares