मुख्य समाचार

‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरिने

‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरिने


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने गरी काम गर्न समाजकल्याण परिषद्का कर्मचारीलाई निर्देशन दिएका छन् ।

ललितपुरस्थित परिषद्को केन्द्रीय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै  उनले समाजसेवा र  मानव सेवा जस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि हुन नदिन परिषद्का कर्मचारीलाई सचेत गराए ।

सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन  ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने योजनालाई अघि बढाएको जानकारी दिँदै परिषद्का अध्यक्ष गुरुङले सामाजिक सङ्घसंस्थालाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने बताए ।

सो अवसरमा परिषद्का उपाध्यक्ष डा पदमप्रसाद खतिवडाले सामाजिक उद्यमीलताका माध्यमबाट सामाजिक क्षेत्रका कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन र  परिमार्जन गर्ने कामलाई अघि बढाइएको जानकारी दिए । 

परिषद्का सदस्य सचिव पुष्कर खातीले परिषद्को कामलाई परिणामुखी बनाउन र सुशासन कायम गर्न योजना तय गरिएको बताउनुभयो । सो अवसरमा  परिषद्को वेबसाइट पनि शुभारम्भ गरिएको थियो । 

शेयर गर्नुहोस :

0
Shares