Banner news

गोरू काटेर खाएको आरोपमा झापामा तीन जना पक्राउ

गोरू काटेर खाएको आरोपमा झापामा तीन जना पक्राउ


झापा /गोरू काटेर खाएको आरोपमा झापामा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको अर्जुनधारा-५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन्। 

शनिबार बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको प्रहरीको भनाइ छ। गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनी स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए। घटनाको जानकारी पाउनसाथ प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ।  

यसैगरी, उनीहरूले गाडेको गोरूको टाउको र खुट्टा समेत फेला परेको छ। पक्राउ परेकामाथि कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares