Banner news

झापाका जिसस प्रमुखलाई कोरोना

झापाका जिसस प्रमुखलाई कोरोना


विर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका थिए ।

उनको आज विहान कोरोना पोजेटिभ आएको हो । विभिन्न सार्वजनिक कार्यक्रममा सहभागिता बढ्न सक्ने भन्दै प्रमुख पोर्तेलले कोरोना परीक्षण गराएका थिए । प्रमुख पोर्तेलसहित झापामा संक्रमितको संख्या ९५५ पुगेको छ । मंगलवारसम्म ८३९ जना उपचार पछि घर फर्किसकेका छन् ।

शेयर गर्नुहोस :

0
Shares