
मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका ९५ हजार बिरुवा एक अभियानकर्मीको सङ्कल्पमा करिब चार महिनाको अवधिमा रोपिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पुर्याउने गरेको उनले जानकारी दिए ।
राजधानीमा पनि वाग्मतीलगायत नदी किनारमा गुर्जो रोपणका लागि राजलवटले नै बिरुवा उपलब्ध गराएका छन् । त्रिभुवन विश्वविद्यालयको प्राङ्गण कीर्तिपुर, राष्ट्रिय शहीद तथा शान्ति स्मारक गोकर्णलगायत उपत्यकाका विभिन्न नगरपालिकामा गरी करिब २० हजारभन्दा बढी बिरुवा बाँडिसकेको उनले जानकारी दिए ।
गुर्जोका बिरुवा बाँडेको स्थानमा धुलो र चियासमेत बाँड्दै कोरोना भाइरससँग जुधिरहेकालाई रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न पनि सहयोग पुर्याउँदै आएका छन् । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।
गुर्जोले मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधिको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार देशव्यापीरुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।
अभियानले कोरोना पोजेटिभ भएकालाई गुर्जोको धुलो वितरण अभियानलाई समेत तीव्र बनाएको छ । गुर्जोको धुलो मनतातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानका







प्रतिक्रिया