मुख्य समाचार

अमेरिकामा कोभिड–१९ का सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

अमेरिकामा कोभिड–१९ का सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

Mathilde Dumont, a 27-year-old nurse, turns the head of an intubated patient in the early hours of April 11, 2020, during her night shift in the intensive care unit exclusively for COVID-19 patients at the Ixelles Hospital in Brussels, amid the COVID-19 pandemic, caused by the novel coronavirus. (Photo by Aris Oikonomou / AFP)

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७५ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बुधबार जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । 

कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १५ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।  विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बुधबारसम्म १० लाख ५५ हजार ९९८ जना पुगेको छ ।

 यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६१ लाख पुगेको छ  । कूल सङ्क्रमितमध्ये दुई करोड ७१ लाख ९४ हजार भन्दा बढी हजार निको छन् भने करिब ७८ लाख  ७४ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६७ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना ६७ लाख ५७ हजार सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ४ हजार ६५१ जनाको मृत्यु भईसकेको छ । 

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख ७० हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४७ हजारको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख  ४८ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार ८६५ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।  

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

शेयर गर्नुहोस :

0
Shares