Banner news

थप ३७४९ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,५३३ पुग्यो

थप ३७४९ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,५३३ पुग्यो


बिर्तामोड । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ। २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ। 

आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६९४ पुगेको छ।

शेयर गर्नुहोस :

0
Shares