Banner news

झापाका एकैदिन थपिए ५४ संक्रमित, बिर्तामोडमा मात्रै ३० जना

झापाका एकैदिन थपिए ५४ संक्रमित, बिर्तामोडमा मात्रै ३० जना


बिर्तामोड । बिर्तामोडमा ३० सहित झापामा आज ५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १२ सय २१ पुगेको छ ।

आज भद्रपुरमा ७, बिर्तामोडमा ३०, अर्जुनधारामा १०, कनकाई १, दमक ३, कमल , बुद्धशान्ति र गौरादहमा १/१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । हालसम्म झापामा २८ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षण गरिएको छ । डिस्चार्ज हुनेको संख्या ९१२ छ भने १२ जनाको मृत्यू भएको झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

शेयर गर्नुहोस :

216
Shares