Banner news

‘रअ’ प्रमुख मोदीका सन्देशबाहक भएर आएका थिए : मुख्यमन्त्री पोखरेल

‘रअ’ प्रमुख मोदीका सन्देशबाहक भएर आएका थिए : मुख्यमन्त्री पोखरेल


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न आग्रह गरेका छन्।

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ(रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेका बेला मुख्यमन्त्री पोखरेलले फेसबुक स्ट्याटस लेख्दै आफ्नै मुलुकका प्रधानमन्त्रीको काममा भरोसा गर्नुपर्ने बताएका हुन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रूपमा ‘रअ’ का प्रमुख नेपाल आएर प्रधानमन्त्रीलाई भेट्दा टीका–टिप्पणी हुनुमा विरोधको योजना वा नियति हो भन्ने बुझ्न गाह्रो भएको समेत लेखेका छन्।

शेयर गर्नुहोस :

0
Shares