Banner news

थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुग्यो

थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुग्यो


बिर्तामोड । नेपालमा आज थप २ हजार ८२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ८२४ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या  १ लाख ७३ हजार ५६७ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घन्टामा  ३६२० जना डिस्चार्ज भएका छन् । 

शेयर गर्नुहोस :

0
Shares