विर्तामोड । झापामा आज एकै दिन १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै झापामा संक्रमितको संख्या २३ सय ६२ पुगेको छ ।
आज झापाको बिर्तामोडमा २९ जना, भद्रपुर ३, गौरादह ६, मेचीनगर ३, अर्जुनधारा ४, दमक ४८, कनकाई ३, बुद्धशान्ति ५, हल्दिवारी ५, कमल १० र शिवसताक्षीमा ३ जना नयाँ संक्रमित थपिएका हुन् ।
जिल्लामा हालसम्म १४ सय १२ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार ८ सय ९३ जना संक्रिय संक्रमित छन् । मृत्यू हुनेको संख्या ५७ पुगेको छ । आज विर्तामोड –३ मा ४२ वर्षीया महिलाको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।







प्रतिक्रिया