Banner news

कोरोना संक्रमणबाट झापामा स्वास्थ्यकर्मीसहित २ जनाको मृत्यु

कोरोना संक्रमणबाट झापामा स्वास्थ्यकर्मीसहित २ जनाको मृत्यु

Mathilde Dumont, a 27-year-old nurse, turns the head of an intubated patient in the early hours of April 11, 2020, during her night shift in the intensive care unit exclusively for COVID-19 patients at the Ixelles Hospital in Brussels, amid the COVID-19 pandemic, caused by the novel coronavirus. (Photo by Aris Oikonomou / AFP)

दमक। झापामा कोरोना भाइरस संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित दुई जनाको मृत्यु भएको छ । विर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिका की एक एक जना महीलाको शुक्रबार बेलुका र शनिवार विहान मृत्यु भएको हो ।

विर्तामोड नगरपालिका वडा नं। ६ की ४२ वर्र्षीया महिलाको शुक्रबार राती नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उनको राति ११ बजेतिर मृत्यु भएको जानकारी आएको बताइएको छ ।

यसैगरी झापा शिवसताक्षी नगरपालिकाकी एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनी स्थानीय एक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी समेत रहेकी ति महिलालाई श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि बिराटनगरस्थित नोवेल अस्पतालमा लगिएको थियो ।

प्रारम्भिक चरणमा दमकस्थित लाईफलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएकी उनको उपचार हुन सकेको थिएन ।

शेयर गर्नुहोस :

0
Shares