Banner news

ओली र प्रचण्डको परामर्शपछि भोलीलाई बोलाइयो नेकपाको सचिवालय बैठक

ओली र प्रचण्डको परामर्शपछि भोलीलाई बोलाइयो नेकपाको सचिवालय बैठक


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक शुक्रवार दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अर्का अध्यक्ष ओलीको परामर्शपछि भोलीका लागि सचिवालय बैठक बोलाइएको हो ।

शेयर गर्नुहोस :

0
Shares