Banner news

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नेकपाभित्र देखिएको संकटबारे छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नेकपाभित्र देखिएको संकटबारे छलफल

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter’s Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । हिजो साँझ करिब एक घण्टा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको बताइएको छ ।

नेकपाभित्र जारी संकट समाधानका लागि दुवै पक्ष आ आफ्नो रणनीतिमा लागेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टी अध्यक्षसमेत रहेका ओलीविरूद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनका नाममा अभियोग पत्र नै पेस गरेको भन्दै उहाँ रुष्ट बन्नु भएको छ । ओली निकट नेताहरूले राजनीतिक प्रतिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares