Banner news

राप्रपाद्वारा आन्दोलन घोषणा

राप्रपाद्वारा आन्दोलन घोषणा


झापा । राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सनातन हिन्दुराष्‍ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित देशव्यापी आन्दोलन घोषणा गरेको छ। भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो। 

राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीसहितको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पुसको दोस्रो सातादेखि पहिलो चरणको आन्दोलन घोषणा गरेको हो। 

निर्णयअनुसार पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने, पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल  र्‍याली गर्ने र पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ। त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ६ र ७ गते गर्ने निर्णय पनि राप्रपाले गरेको छ।

शेयर गर्नुहोस :

0
Shares