Banner news

प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतलनिवासमा

प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतलनिवासमा

k|wfgdGqL–;Daf]wg ljZjJofkL?kdf km}lnPsf] sf]le8–!(, To;la?4 ;/sf/n] rfn]sf sbd, / ;r]tgfaf/] z’qmaf/ ;fFem /fi6«sf gfddf ;Daf]wg ub{} . k|wfgdGqL s]kL zdf{ cf]nLaf6 t:jL/M ;f}hGo, /fhg sfkm\n], /f;;

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतलनिवास पुगेका छन्। 

यसअघि नेकपामा अध्यक्षमेत रहेका ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटन् शनिबार बिहान खुमलटार पुगेका थिए। उनले त्यहाँ दाहाललाई भेटेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए।

प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाभित्र यसले तरंग ल्याएको छ। अध्यादेशप्रति अध्यक्ष दाहाल र चाैतर्फी रुपमै पार्टीभित्र प्रधानमन्त्रीको आलोचना बढेको छ। 

प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गरेर मात्र अध्यादेश फिर्ता लिने बताएका थिए। आजको भेटमा यसै विषयमा छलफल हुने अनुमान गरिएको छ। 

शेयर गर्नुहोस :

0
Shares