जेष्ठ २६, २०८२ आईतबार

विएण्डसीप्रति कांग्रेसको आपत्ति नाजायज

सम्पादकीय

नेपाली कांग्रेसले झापाको बिर्तामोडमा रहेको प्रस्तावित विएण्डसी मेडिकल कलेजलाई विधि मिचेर सम्वन्धन दिन लागेको भन्दै विरोध जनाएको छ । शिक्षा मन्त्रीले विश्व विधालयको स्वायत्ततामाथि हस्तक्षेप गरेको कांग्रेसको ठहर छ । कांग्रेसले सोहि अस्पतालले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने दिन विज्ञप्ति जारी गरेरै विरोध जनायो । नेपाली कांग्रेसको यो कदम लाखौं विधार्थीको भविष्यमाथि खेलवाड गर्ने प्रकृतिको छ । पूर्वमा मेडिकल कलेजको आवश्यकतालाई कांग्रेसले गलत व्याख्या गर्नु जायज छैन ।

पूर्व नेपालमा स्थापित विएण्डसी नागरिकको स्वास्थ्य उपचारको लागि भरोसाको अस्पताल बनेको छ । अस्पताल बनाउदा पनि विरोध गर्नेहरु धेरै थिए । अहिले मेडिकल कलेज सञ्चालनमा पनि उत्तिकै विरोध छ । एउटा गरिव मजदुरको छोरालाई डाक्टर बनाउन रोक्न खोज्नु कांग्रेजको सोच बेठिक छ । अर्वौ लगानी गरेर मेडिकल कलेजको संरचना बनाइएको छ । ऋणपान गरेर बनाएको कलेज अहिले सुनसान छ । सरकारले आवश्यकतालाई महसुस गरेर सम्बन्धन दिने प्रक्रिया अघि बढाइरहेको बेला कांग्रेसले हस्तक्षेप गर्न खोज्नु विकासको विरोध गर्नु हो ।

विएण्डसीलाई सम्बन्धन दिने तयारी चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै सम्बन्धन दिने बताइरहेको समयमा कांग्रेसको भूमिका रोक्न खोज्ने देखियो । यो स्वास्थ्य शिक्षालाई नै कमजोर बनाउने मानसिकता हो । कानुनमा के छ ? नीति, नियमले सम्बन्धन दिन मिल्दैन भने नीति बनाएर दिनुपर्छ । कानुनले मिल्दैन भने मिल्ने कानुन बनाउनुपर्छ । मान्छेले नै कानुन , नियम बनाउने भएकाले यसलाई रोक्नु वाञ्छनीय हुदैन । कांग्रेसले तत्काल धारणा सच्याएर सम्बन्धन दिन सहयोग गर्नुपर्छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  ६ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]