सर्वोच्चको फैसला : राजनीतिक कोर्ष परिवर्तन
सम्पादकीय
सर्वोच्च अदालतले आइतवार गरेको फैसलाले मुलुकमा देखा परेको राजनीतिक जटिलतालाई निकास दिने भएको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबिचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेललाई नै दिइएको छ । उनले आफ्नो पार्टी नाममा केपी ओली र प्रचण्डले पार्टी एकिकरण गरेको भन्दै अदालतमा रिट दर्ता गराएका थिए । सोहि रिटको फैसला सुनाउँदै सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब ओली र प्रचण्डको नरहेको घोषणा गरेको छ ।
कम्युनिष्ट पार्टीको एकताले मुलुकमा स्थिरता र शान्ति स्थापनामा मद्दत गर्ने विश्वास थियो । तर, जब प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको पार्टीलाई जोडेर नेकपा बनाएर त्यहाँ देखि देशमा राजनीतिक अराजकता र अशान्ति मात्रै मौलाइरहेको छ । पार्टी एकतापछि माओवादीले निर्वाचनमा नोक्सान व्यहोर्नु परेन । त्यसको फाइदा तत्कालिन माओवादीलाई मिलेको थियो । अब, एमाले र माओवादी केन्द्र ओली र प्रचण्डलाई नै फिर्ता भएको छ । यसले नेपालको राजनीतिक कोर्षलाई परिवर्तन गर्ने निश्चित छ ।
सवोच्चको फैसलाले लगातार मुलुकमा शान्तिपथको लागि मार्ग प्रशस्त गरेको छ । प्रतिनिधि सभा विघटन सदर गरेको थियो भने प्रचण्ड समूहले देशभर हिंसात्मक आन्दोलन गर्ने थिए । नेकपा पनि ओलीको पक्षमा रहने गरी फैसला गरेको थियो भने फेरि आन्दोलन शुरु हुने थियो । फैसलाहरु लगातार मुलुककै हितमा छन् । नेकपाको आधिकारिकता कट्टेलले पाइसके । अब एमाले र माओवादी केन्द्र पनि व्युँत्याइएको छ । यसले नेताहरुलाई आफ्नै ठाउँमा फर्काएको छ । नेकपा प्रचण्ड वा ओली कसैलाई प्रदान गरिएको थियो भने देश फेरि नराम्रो परिस्थिति सामना गर्न तयार हुनुपथ्र्यो । जे भयो देश र जनताको हितमा फैसला भएको छ ।