बिर्तामोड

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ मा

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ मा


काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक १ चैतमा बस्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ्गले केन्द्रीय कमिटीकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बताए। सर्वोच्च अदालतले २३ फागुनमा नेकपा एकीकरणको निर्णय बदर गरेपछि एमाले र माओवादी केन्द्र अलग भएका छन्। दुवै पार्टी अलग भएपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

केन्द्रीय कमिटी बैठकमा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित २४१ केन्द्रीय सदस्य उपस्थित हुनेछन्। पछि थप गरिएका केन्द्रीय सदस्यलाई भने बैठकमा बोलाइएको छैन।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यले केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाए मात्र उपस्थित हुने बताउँदै आएका छन्। तर, अध्यक्ष ओलीले भने प्रधानमन्त्री निवास बालुवाटारमै बैठक बोलाएका हुन्।

एमाले केन्द्रीय कमिटीका एजेन्डाबारे केही खुलाएको छैन। तैपनि सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रमा नफर्कने निर्णय गरेका माओवादी नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने सम्भावना रहेको जनाएको छ। हिमालबाट

शेयर गर्नुहोस :

0
Shares