जेष्ठ २६, २०८२ आईतबार

उधोगहरु बचाऔं

सम्पादकीय

प्रधानमन्त्री केपी शर्मा ओली गत हप्ता झापा आउँदा मोमेन्टो गार्मेन्ट चलाउनै पर्ने गरी सञ्चालक चण्डीराज ढकाललाई आग्रह गरे । ११ वर्षदेखि बन्द रहेको उधोग सञ्चालनमा ल्याएर रोजगारी प्रदान गर्न प्रधानमन्त्रीको जोड थियो । उधोगहरु पछिल्लो वर्षहरु जति स्थापना भइरहेका छन् , त्यति नै बन्द पनि भइरहेका छन् । बन्द हुनुका पछाडि धेरै समस्या छन् । यसैले उधोग सञ्चालनमा ल्याउने वातावरण तयार गर्न सबैको भूमिका रहन्छ । झापा भद्रपुरको मोमेन्टो गार्मेन्टबाट उत्पादन भएका कपडा अमेरिका निर्यात हुने गर्दथ्यो । त्यसले राज्यलाई राम्रै कर बुझाइरहेको थियो । सयौं बेरोजगारहरुले रोजगार समेत पाइरहेका थिए ।

झापामा मोमेन्टो एउटा गर्व गर्न लायक उधोग हो । यो झापामा स्थापना भए पनि राष्ट्रियस्तरको उधोगको रुपमा पहिचान बनाएको थियो । तत्कालिन राजनीतिक अस्थिरताले मोमेन्टो बन्द भयो । अब, सञ्चालकले उधोग स्थापनामा जोड दिनैपर्छ । यसका लागि राज्यको सहयोग पनि खाँचो छ । जिल्लामा चामल उधोगहरु संकतमा परेको खवर बाहिर आएको छ । दुई दर्जनभन्दा बढि चामल उधोग रहेको झापामा अहिले पाँच वटा उधोग मात्र सञ्चालन भइरहेको छ । यसको अर्थ, चामल उधोगहरु पनि धर्मराएका छन् ।

नेपालकै सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापामा चामल मिल बन्द हुदै जानु सामान्य विषय होइन । यो, गम्भीर विषय हो । धान उत्पादन घटेको छैन । धान उत्पादन घटेको थियो भने चामल उधोग धरायसी हुनु स्वभाविक थियो । तर, धानको उत्पादन राम्रै हुँदा पनि उधोग बन्द हुनुले भारतीय चालम नेपालमा आयात बढेको आँकलन गर्न सकिन्छ । भारतीय चामलको बढ्दो आयातले यहाँका मिल बन्द भइरहेका छन् । उधोग , कलकारखानाहरु बढ्दै जानुपर्नेमा घट्दै गइरहेको घटनाले जिल्लाको आर्थिक गतिविधिमा समेत प्रभाव पारेको छ । यसैले उधोग वाणिज्य संघहरुले उधोग संरक्षणका लागि आवश्यक पहल गर्न जरुरी छ । राज्य पक्ष र निजी क्षेत्रको सहकार्यमा उधोगहरु बचाउनुको विकल्प छैन ।

प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]