जेष्ठ ६, २०८२ सोमबार

एकैदिन ८ हजार ८४८ जना संक्रमित डिस्चार्ज

काठमाडौं – आज देशभर ८ हजार ९८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९८० जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ५९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १२९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ६ हजार १५३ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ८ हजार ८४८ जना संक्रमित निको भएका छन्। देशभर ८८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  ५ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]