Banner news

कनकाईमा कोभिड पुष्टि भएकै दिन संक्रमितको मृत्यू

कनकाईमा कोभिड पुष्टि भएकै दिन संक्रमितको मृत्यू


विर्तामोड । कनकाई नगरपालिका –३ का ४० वर्षीय कोभिड संक्रमित पुरुषको मृत्यू भएको छ । उनको शनिवार राती ८ः३० बजे निधन भएको कनकाईका कोभिड फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए ।

ती पुरुषलाई उपचार गर्न शनिवार धरान घोपा लगिएको थियो । उनको कोरोना पोजेभिट भएकै दिन मृत्यू भएको अधिकारीले जानकारी दिए । घोपामा उपचार संभव नहुने भनेर फिर्ता पठाइएको थियो । अस्पतालले फिर्ता पठाएकै दिन उनको मृत्यू भएको हो । फोकल पर्सनका अनुसार संक्रमित भएपछि पनि परीक्षण ढिलाई गरेका कारण समस्या भएको हो । योसँगै कनकाईमा दोस्रो लहरबाट मृत्यू हुने संक्रमितको संख्या ६ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares