Banner news

साँझ ४ बजे प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

साँझ ४ बजे प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सरकारका नीति, योजना तथा आगामी बजेटलगायतका विषयमा सम्बोधन गर्ने अनुमान गरिएको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत जेठ ७ गते संसद विघटन गरेपछि नयाँ बजेट अध्यादेशबाट आउँदैछ ।

शेयर गर्नुहोस :

0
Shares