Banner news

विपक्षी गठबन्धनले देशभर प्रदर्शन गर्ने

विपक्षी गठबन्धनले देशभर प्रदर्शन गर्ने

sf7df8f}F, !) h]7 M k|ltlglw;efsf] k’gM:yfkgfsf nflu ;f]daf/ ;jf]{Rr cbfntdf l/6bfo/ u/L kmsg]{ qmddf g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf, hgtf ;dfhjfbL kf6L{sf g]tf pk]Gb| ofbj, g]skf Pdfn] -dfwj g]kfn ;d”x_sf g]tf dfwjs’df/ g]kfn, g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k’iksdn bfxfn k|r08nufot . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले देशभर प्रदर्शन गर्ने भएको छ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले अब सडक संघर्ष अघि बढाउने सहमति गरेको हो। विपक्षी गठबन्धनका शीर्ष नेताबीच देशका प्रमुख शहरमा प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने सहमति भएको जनाइएको छ।

sf7df8f}F, !) h]7 M k|ltlglw;efsf] k’gM:yfkgfsf nflu ;f]daf/ ;jf]{Rr cbfntdf l/6bfo/ u/L kmsg]{ qmddf g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf, hgtf ;dfhjfbL kf6L{sf g]tf pk]Gb| ofbj, g]skf Pdfn] -dfwj g]kfn ;d”x_sf g]tf dfwjs’df/ g]kfn, g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k’iksdn bfxfn k|r08nufot . t:jL/ M /Tg >]i7, /f;; .

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। त्यतिवेलै विपक्षी गठबन्धनले राजनीतिक र कानूनी लडाइँ लड्ने घोषणा गरेको थियो।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष दुर्गा पौडेल लगायतको बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षका लागि भ्रातृ संगठन पनि परिचालन गर्ने निष्कर्ष निकालेको छ। सडक आन्दोलन गर्दा भौतिक दूरी कायम राख्न भनिएको छ।

शेयर गर्नुहोस :

0
Shares