जेष्ठ ६, २०८२ सोमबार

स्वास्थ्य वीमा गर्नेमा झापा देशभरमै अगाडि, ताप्लेजुङमा न्यून

विर्तामोड । देशभर स्वास्थ्य वीमा गर्ने विमितहरुमा झापालीको संख्या सबैभन्दा धेरै पुगेको छ । स्वास्थ्य वीमा बोर्डको तथ्याङक अनुसार स्वास्थ्य वीमा गर्नेहरुमा झापाली अगाडि देखिएका छन् ।

सात प्रदेशमध्ये प्रदेश नं. १ अगाडि र जिल्लाहरुमा झापा अगाडि रहेको तथ्याङकमा उल्लेख छ । असार १६ गतेको तथ्याङकमा देशभर ४१ लाख ८३ हजार ५ सय २ जनाले स्वास्थ्य वीमा गरेको पाइन्छ । यसमा प्रदेश १ का १३ लाख ६९ हजार ३९ जनाले वीमा गरिसकेका छन् । यस्तै झापाका ४ लाख ७६ हजार १ सय १३ जनाले वीमा गरिसकेको स्वास्थ्य वीमा वोर्डले जनाएको छ ।
प्रदेशको झापापछि धेरै वीमा गर्ने जिल्लामा सुनसरी र मोरङ रहेको छ । सबैभन्दा कम वीमा गर्ने जिल्लामा ताप्लेजुङ छ । त्यहाँका ५ सय ३१ नागरिकले मात्रै वीमा गरेका छन् ।
प्रदेश १ मा ६० वर्ष उमेरमाथिका व्यक्तिको वीमा सबैभन्दा धेरै छ । यो उमेर समूहको वीमा प्रतिशत २२.६ रहेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने सरकारको मुख्य लक्ष्य रहेको छ । स्वास्थ्य सेवाका क्षेत्रमा पूर्वभुक्तानी र जोखिम न्यूनीकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्ने, वित्तीय साधनको समतामूलक परिचालन गर्ने, स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारिता, दक्षता र जवाफदेहीतामा सुधार ल्याउने विशेष उद्देश्य छ ।

झापामा यो सेवा मेची अञ्चल अस्पताल, बिएण्डसी अस्पताल बिर्तामोड, आम्दा दमक, मेची आँखा अस्पताल बिर्तामोड, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शनिश्चरे , बनियाँनी, सुरुङा, शिवगञ्ज, खजुरगाँछी स्वास्थ्य केन्द्र, लाइफलाइन अस्पताल दमक, दमक अस्पताल, कनकाई अस्पताल बिर्तामोड, दृष्टि आँखा अस्पताल बिर्तामोड, ओम मेची अस्पताल, बिर्तामोड आँखा अस्पताल , निम्स अस्पताल दमक , मेची नेत्रालय काँकरभिट्टा, दमक हस्पिटल एण्ड रिसर्च सेन्टरबाट पाइन्छ ।

प्रकाशित मिति : असार १६, २०७८ बुधबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]