Banner news

एमालेले सर्वोच्चको फैसला जनतालाई बुझाउने

एमालेले सर्वोच्चको फैसला जनतालाई बुझाउने


काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको प्रतिनिधि सभा पुर्नस्थापना गरी परमादेश मार्फत प्रधानमन्त्री नियुक्ति गर्ने निर्णयको आलोचना गरेको छ ।

संसदीय दलको बैठकले सर्वोच्चको निर्णयविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

आज असन्तुष्ट भएर अनुपस्थित हुने सांसद्लाई अर्को बैठकसम्म उपस्थित हुने वातावरण बनाउने निर्णय गरेको भट्टराईको भनाइ छ ।

बैठकले बाढी पहिरोमा ज्यान गुमाउने तथा कोभिडमा ज्यान गुमाएका प्रति श्रद्धान्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । घाइतेको उपचारको लागि एमाले संसदीय दलले सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares