Banner news

१८ वर्ष उमेर पुगेका सबै नागरिकलाई खोप

१८ वर्ष उमेर पुगेका सबै नागरिकलाई खोप


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ ।

१८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि केपी ओली सरकारले खोप ल्याउन सम्झौता गरे बमोजिम योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।

खोप आपूर्तिको समस्या समाधान गर्दै अठार वर्षमाथिका नेपाली नागरिकका लागि निशुल्क खोप लगाउने योजना तयार भइसकेको मन्त्रालयका सह–प्रवक्ता डा. प्रवक्ता समिरकुमार अधिकारीले बताए ।

अहिले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने अभियान चलिरहेको छ । त्यसमा पनि व्यापक अनियमितता भएको र केही ठाउँमा खोप केन्द्रहरू नै बन्द भएपछि मन्त्रालय यस्तो अपील गरेको हो ।

मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट किनेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares