Banner news

एक मात्रा लगाए हुने जोनसनको खोप आजदेखि लगाइँदै

एक मात्रा लगाए हुने जोनसनको खोप आजदेखि लगाइँदै


काठमाण्डौ – कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप लगाइँदै छ । 

एक मात्रा मात्रै लगाए हुने यो खोप बिहान १० बजेदेखि देशका विभिन्न ठाउँबाट दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो । आजदेखि पर्सिसम्म जोनसन एण्ड जोनसनको खोप लगाइने उहाँले जानकारी दिनुभयो ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ ।

शेयर गर्नुहोस :

0
Shares