बिर्तामोड – मेची अस्पताल भद्रपुरमा डाक्टरमाथि कुटपिट भएको छ । श्रीमती विरामी भएपछि उपचारका लागि लिएर अस्पताल पुगेका पुष्प निरौलाले विरामीलाई चेकजाँच गरेर बाहिर निष्कने क्रममा गएराति डाक्टरमाथि कुटपिट गरेका छन् ।
‘डाक्टर केवल कपुरी विरामीलाई चेक गरेर कोठाबाट बाहिर निस्कँदा एक्कासी बिना कारण कुटपिट भएको छ’, मेची अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर टंकप्रसाद बाह्रकोटीले भन्नुभयो, ‘हामी अहिले छलफलमा छौं, प्रहरीमा जाहेरी दिने तयारी गरिरहेका छौं ।’
मेची अस्पतालका विकास समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले डाक्टरको उपचारमा असन्तुष्ठ भएर घटना भएको नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भित्र विरामीको उपचार हुँदै गर्दा नै बाहिर आज म हंगामा गरिदिन्छु भनेर पुष्प निरौलाले भनेको सुन्नेहरु छन् ।’







प्रतिक्रिया