जेष्ठ १२, २०८२ आईतबार

बढी भाडा लिने सवारीलाई कारवाही

बिर्तामोड । यातायात व्यवस्था कार्यालय झापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यात्रुसँग बढी भाडा लिने सवारीलाई कारवाही गरेको छ । यात्रुको गुनासो आएपछि दुवै निकायले सवारी जाँच गर्न थालेका छन् ।

केन्द्र सरकारले लामो दुरीमा चल्ने सवारीमा २८ प्रतिशत भाडा बृद्धि गरेपछि छोटो दुरी चल्ने सवारीले समेत आफुखुशी भाडा बढाएका छन् । आफुखुशी भाडा बढाउने सवारीलाई कडाईका साथ कारवाही गर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

लक्ष्मीपुर क्षेत्रमा यातायात कार्यालय र ट्राफिक कार्यालयका प्रतिनिधिले सवारी जाँच गर्दै बढी भाडा लिनेलाई कारवाही गरेका छन् । ३० वटा सवारी जाँच गर्दा ४ वटा सवारीले यात्रुसँग बढि लिएको पाइए पछि ८ हजार ५ सय जरिवाना गरिएको छ । बढि भाडा लिन मे १ ख ४८६६,२७४०,२६४८ नम्बरका यात्रुबाहक बस रहेका छन् ।

केन्द्र सरकारको परिपत्र बमोजिम प्रदेश सरकारले भाडा बढाउने तयारी गरिहरेको छ । अहिलेसम्म भाडा बढाइएको छैन, झापा ट्राफिकका प्रहरी सहायक निरीक्षक याम खड्काले भने– मनपरी भाडा लिनेलाई कारवाही गरिन्छ । उनले कोहि पनि यात्रुले आफुसँग बढि भाडा लिएको थाहा पाएमा ट्राफिक प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ५ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]