मुख्य समाचार

दुई हजार ८३८ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

दुई हजार ८३८ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

A lab technician uses a single channel pipette dropper in the immunogenicity testing process during production of the ‘Medgamal’ COVID-19 vaccine, developed by the Gamaleya National Research Center for Epidemiology and Microbiology and the Russian Direct Investment Fund (RDIF), at the Gamaleya National Research Center in Moscow, Russia, on Thursday, Aug. 6, 2020. Some medical staff and city government workers in Moscow are being offered the opportunity to inoculate against the coronavirus as Russia is poised to register what it says is the worlds first Covid-19 vaccine. Photographer: Andrey Rudakov/Bloomberg via Getty Images

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७१५ जना पिअिसार परीक्षण गर्दा एक हजार ९१८ र तीन हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको हो। 

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २४ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३६ हजार ४०२ जना संक्रमित निको भइसकेका छन्। 

आज देशभर एक हजार ४७५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ६३६जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २६ हजार ८३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ३४० जना संक्रमित होम आइसोलेसन र २ हजार ४९२ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत

आइसोलसनमध्ये ६२७ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३०१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares