आर्थिक

आज पनि सुनको भाउ ७ सयले घट्यो

आज पनि सुनको भाउ ७ सयले घट्यो


काठमाण्डाै – सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares