Banner news

खोपमा अनियमितता भए क्षम्य हुदैन : एमाले

खोपमा अनियमितता भए क्षम्य हुदैन : एमाले


बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले खोप जस्तो संवेदनशिल स्वास्थ्य सामग्रीमा कोहि कसैबाट अनियमितता भए क्षम्य नहुने बताएको छ । आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै बिर्तामोड नगर कमिटीले खोप घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

शुक्रवार होटल टाइमलेस मोमेन्टमा खोप सहित फोकल पर्सन ओम खड्का भेटिएको घटनामा एमाले बिर्तामोड नगर कमिटी गम्भीर भएको जनाएको छ । साथै, एमालेले तथ्यपरक र सहि यथार्थ बाहिर ल्याउन जोडदार माग गरेको छ ।

छानविनबाट दोषी देखिए कानुन बमोजिम कारवाहीको लागि एमालेले माग गरेको छ । यस्तै, विज्ञप्तिमा एमाले बिर्तामोडले विभिन्न राजनीतिक दलका भातृ संगठनले नगरपालिकामा तालावन्दी गरेको कारण स्वास्थ्य लगायत अत्यावश्य सेवामा नकारात्मक प्रभाव पर्ने भएकाले तुरुन्त तालावन्दी अन्त्य गर्न आग्रह गरेको अध्यक्ष उमानाथ ओलीले बताएका छन् ।

तालावन्दी समस्याको समाधान नभएकाले संवाद र छलफलबाट आवश्यक निकास निकालेर अघि बढ्न संम्बद्ध सबैमा आग्रह गर्दै एमालेले बिर्तामोड नगरपालिकालाई खोप कार्यक्रमको विवरण समेत सार्वजनिक गर्न माग गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares