जेष्ठ ५, २०८२ आईतबार

सीसीएमसीको टोलीद्वारा झापाको निरीक्षण

बिर्तामोड । सीसीएमसीको टोलीले झापाको कोरोना संक्रमण अवस्था अध्ययन गरेर फर्किएको छ । सीसीएमसीका प्रमुख बालानन्द शर्माको नेतृत्वमा झापा आएको टोलीले झापाको कोरोना संक्रमण अवस्था बारे अध्ययन गरेर फर्किएको कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

टोलीले झापास्थित डीसीसीएमसीसँग अन्तरक्रिया गर्दै जिल्लाको अवस्था बारे जानकारी लिएको छ । झापामा बढ्दै गएको संक्रमण नियन्त्रण गर्न सीसीएमसीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ । सो टोली सहित झापाको डीसीसीएमसीको टोलीले बुद्धशान्तिको आइशोलेशन,काँकरभिट्टाको होल्डिङ सेन्टर र हेल्थ डेक्स समेतको निरीक्षण गरेको चौलागाईले जानकारी दिए ।

झापामा अनियन्त्रित रुपमा कोरोना बढ्र्दै गएको जानकारी गराइएको छ । संक्रमण नियन्त्रण गर्न विशेष प्रकारको लकडाउन जरुरी भएको सीसीएमसीलाई अवगत गराइएको चौलागाइले जानकारी दिए । उनका अनुसार जिल्लाको समग्र अवस्था जानकारी दिदैं नियन्त्रणका लागि आवश्यक समन्वय गरिदिन माग गरिएको छ । प्रमुख शर्मा ,डा.भगवान कोइराला, सुरक्षा निकायका प्रमुखसहित आएको टोलीले झापामा कोरोना नियन्त्रणका लागि आवश्यक सूझाव दिएको छ ।

झापामा राजमार्ग, हवाई सेवा,अन्तर्राष्ट्रिय सिमा, कन्ट्याक्ट ट्रेसिङ नहुने, होम आइसोलेसनमा कडाई नहुने, खोपको कमि लगायतका कारण संक्रमण दर बढेको बताइएको छ । अक्सिजन प्लान्ट र अस्पतालको व्यवस्थापन प्रभावकारी बनाउन सीसीएससीको टोलीले सूझाव दिएको छ ।

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]