जेष्ठ ५, २०८२ आईतबार

जिल्लामै धेरै संक्रमण बिर्तामोडमा

बिर्तामोड । झापामा थप २३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ४ जना संक्रमितको मृत्यु भएको छ ।

सोमवार झापामा २ सय ७५ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । जिल्लामा ३१ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् भने ५ सय १९ जनाले ज्यान गुमाइसकेका छन् । जिल्लामा सबैभन्दा धेरै बिर्तामोडमा संक्रमण दर उच्च रहेको पाइएको छ । सोमवार मात्रै सबैभन्दा धेरै ४४ जना विर्तामोडमा मात्र संक्रमित थपिएका छन् । दमक, मेचीनगर, भद्रपुर र शिवसताक्षी समेत संक्रमण दर घटेको छैन ।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]