Banner news

अध्यादेश मुलुकको व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र : भट्टराई

अध्यादेश मुलुकको व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र : भट्टराई

ko{6gdGqL e§/fO{ sf7df8f}F, !( c;f/ M sf]le8–!(sf] ;Defljt Iflt Go”gLs/0fsf nflu g]kfn ;/sf/n] nfu” u/]sf] ns8fpg @)&^ r}t !! b]lv xfn;Ddsf] cjlwdf ;+:s[lt, ko{6g tyf gful/s p•og dGqfnoaf6 ;Dkflbt sfdx?sf] k|ultaf/] hfgsf/L lbg cfof]lht kqsf/ ;Dd]ng af]Nb} dGqL of]u]z e§/fO{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं–नेकपा एमालेका सचवि योगेश भट्टराईले राजनीतिक दलको विभाजनलाई सजिलो हुनेगरी अध्यादेश जारी गर्नु मुलुकको व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र भएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत् यस्तो टिप्पणी गर्नुभएको हो । ‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र हो,’ उहाँले लेख्नुभएको छ, ‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ ।’

विगतको फोहोरी राजनीतिक अभ्यासका दुष्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्‍याउनु समकालीन नेतृत्वको घोर असफलता भएको उहाँले उल्लेख गर्नुभएको छ । ‘आजका दिनमा प्रम शेरबहादुर देउवाले यो अध्यादेश विनाशर्त फिर्ता लिनुपर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ,’ नेता भट्टराईले लेख्नुभएको छ ।

‘आमाको दुःखद् निधनको शोकमा बसिरहेका बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने इच्छा नहुँदानहुँदै पनि आजको संगीन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनुहोला,’ उहाँले लेख्नुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares