झापामा थप ५ जना संक्रमितको मृत्यु, थपिए १६९ संक्रमित
बिर्तामोड । झापामा आज ५ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै झापामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५४९ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार थप १६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । हालसम्म जिल्लामा २१ हजार ८ सय ३२ जनालाई कोरोना लागेको छ । १९ हजार ३ सय ३९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । अहिले झापामा सक्रिय संक्रमितको संख्या २५ सय ७३ रहेको छ ।