बिर्तामोड

शर्माको उपचारमा चैतुवारीका व्यवसायीद्वारा सहयोग

शर्माको उपचारमा चैतुवारीका व्यवसायीद्वारा सहयोग


बिर्तामोड । झापा बिर्तामोड–२ का प्रकाश शर्माको उपचारका लागि चैतुबारीका व्यवसायीले आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका शर्मालाई व्यवसायीले मंगलवार सहयोग रकम हस्तान्तरण गरेका छन् ।

दुवै खुट्टाको पाङ्ग्रा र तिघ्राको हड्डी अपरेशन गर्न नसकेर तीन वर्षदेखि ओच्छ्यान परेका शर्मालाई उपचारका लागि सहयोग जुट्न थालेको छ । बिर्तामोड–२ चैतुवारीका व्यवसायीले शर्माको उपचारका लागि एकमुष्ट २१ हजार १ सय १५ रुपैयाँ सहयोग गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष पारस संग्रौलाले जानकारी दिए । संग्रौला र चैतुवारी युवा क्लवका अध्यक्ष दिलिप कुमार राजवंशीले रकम हस्तान्तरण गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares