जेष्ठ ५, २०८२ आईतबार

म दुर्घटनामा परेको छैन, सकुशल छु : रिमाल

बिर्तामोड । गायिका रचना रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफु सकुशल भएको जानकारी गराएकी छन् । शनिवार साँझबाट रिमाल दुर्घटनामा परेर मृत्यु भएको भन्दै टिकटकमा भिडियो अपलोड भएपछि उनले आफ्ना शुभचिन्तकका लागि स्टाटस लेख्दै दुर्घटना नभएको बताएकी छन् ।

टिकटकमा सरु थापा मगर ३४ लेखिएको आइडीबाट आफ्नो स्कुटर दुर्घटनामा परेर मृत्यु भएको भनेर पोष्ट गरेका कारण धेरै फोन, म्यासेज आएका कारण सत्य कुरा सबैलाई जानकारी गराएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, नमस्कार सम्पुर्णमा । केही घण्टा अघि saruthapamagar34 नामक टिकटक आइडीबाट मेरो स्कुटी दुर्घटनामा मृत्यु भएको भनेर पोस्ट गरेको र उक्त बिषयमा मलाई धेरैको म्यासेज र फोन कल आइरहेको छ । हजुरहरुको मायाको लागि मनदेखी नै हार्दिक नमन , म अहिले काठमाडौमै मेरो निवासमा सकुशल छु र उक्त खबरमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहन्छु । यो बिषयमा भोलिबाट कानुनी उपचार खोज्ने छु । धन्यवाद, शुभ रात्री ।

प्रकाशित मिति : भाद्र १२, २०७८ शनिबार  ११ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]