कनकाई

सुरुङ्गामा ४० जनाले गरे रक्तदान

सुरुङ्गामा ४० जनाले गरे रक्तदान


कनकाई । कोरोना कहरका विचमा पनि रगतको अभाव नहोस् भन्ने उद्येश्यका साथ झापाको सुरुङ्गामा रक्तदान गरिएको छ ।
रोटरी क्लव अफ सुरूङ्गा एवम् रोट्रयाक्ट क्लव अफ सुरूङ्गाको संयुक्त आयोजनामा होटल डिलाइट परिसरमा सम्पन्न रक्तदानमा ३ महिलासहित ४० जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक रोटरी क्लवका प्रेसिडेन्ट इलेक्ट खेमप्रसाद प्रसाईंले जानकारी दिएका छन् । सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त क्लवको वार्षिक कार्यक्रम अनुसार नै संचालन गरिएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी विर्तामोडको रक्तसंचार सेवाले प्राविधिक सहयोग गरेको थियो ।

रोटरी क्लव अफ सुरूङ्गाका अध्यक्ष सुशीलकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ४७ औं पटक रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले मानवीय सेवाका क्षेत्रमा अग्रस्थानमा रहेको रोटरी क्लव अफ सुरुङ्गा स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने सामाजिक संस्थाहरु मध्ये कनकाई नगरको पहिलो संस्था रहेको बताएका छन् ।

रगत दान भनेको जीवन दान हो भन्ने कुरालाई जोड दिँदै नगर प्रमुख पोखरेलले आँफूले दिएको रगतबाट असक्त—असहाय अथवा एउटा बिपन्न परिवारको सदस्यले राहत पाउँने कुरामा आँफू विश्वस्त रहेको बताएका छन् । नगर प्रमुख पोखरेलले रक्तदानकै दिन आफ्नी माताको समेत जन्म दिन परेको कुरा व्यक्त गर्दै यो शुभअवसरमा रोटरीले आयोजना गरेको कार्यक्रमलाई आफुले एउटा महत्वपूर्ण अवसरका रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares