काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८९८ पीसीआर र ३ हजार ४६ गरि ११ ९ सय ४४ नमूना परीक्षण गर्दा १ हजार २७१ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ।
मन्त्रालयका अनुसार सोही अबधिमा देशभर १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।







प्रतिक्रिया