अन्तर्वार्ता

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट


बिर्तामोड । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

आज छापवाला सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन ८८ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस :

0
Shares